जान्नुहोस् महिलाले दिएको श्रापको कारण ७००वर्षदेखि एक तलामात्र घरभएको यो ठाउँ !
मानिसले सृष्टि गरेक धरै किम्वोदन्तीहरु अझैपनि पनि हाम्रो समाजमा रहीरहेका छन् । जस्तो हामीले सुनेका छौ विभिन्न धर्मगन्थमा श्रापदिने, श्रापको कारण कोही झार बनेको ,कोहि शिला बनेको कोही रुख बनेको कोही बनवास जानुपरेको जस्ता थुपै कथा हामीले सुनेका र पढेका छौ ।
त्यस्तै घटना तपाइलाई बताउन गइरहेका छौ । भारतका अझैपनि केहि स्थानमा डर लाग्दा कहानी छन् र यस्ता स्थान पनि छन् जुन श्रापसँग जोडिएका छन् ।
आज हामी भारतको राजस्थानको चेरुमा एक कहानीको बारेमा चर्चा गर्छौ । जसको असर ७ सय वर्षदेखि आजसम्म पनि भेटिन्छ । राजस्थानको उडसर गाउँमा करिव ७ सय वर्षबाट एउटा घरमा पनि तला थपिएको छैन ।
वास्तवमा यस्तो हुनुको कारण एक महिलाले दिएको श्राप मानिएको छ । सबै घर एक तले मात्र छन् । ७ सय वर्ष पहिले गाउँमा भोमिया नामका एक व्यक्ति बस्थे ।
एकपटक उनको गाउँमा चोर पसेर पशु चोर्न सुरु ग¥यो । चोरले चोरेको देखेर भोमिया चोरसँग भिड्न थाले । चोरले उल्टै भोमियालाई पिट्यो पिटाईबाट जोगिन आफ्नो ससुराली पुगे र घरको दोस्रो तलामा लुके ।
उनी ससुरालीमा लुकेको थाहा पाएर चोरले ससुराली घरका मानिसहरुलाई कुटपिट गर्न थालेपछि माथिल्लो तलामा लुकेको बताइदिए ।
लुकेर बसेका भोमियालाई चोरहरुले टाउको छिनाईदिएपछि भोमियाकी श्रीमतीले उक्त गाउँलाई श्राप दिइन, ‘यो गाउँमा कसैले दूई तले घर नबनाउनु । ’ उक्त दिनबाट आजसम्म कसैले २ तलाको घर बनाएका छैनन् । एजेन्सी