गृहमन्त्री बादल र सचिव न्यौपाने प्रारम्भिक राहतसहित सिन्धुपाल्चोक प्रस्थान
गृहमन्त्री बादल र सचिव न्यौपाने प्रारम्भिक राहतसहित सिन्धुपाल्चोक प्रस्थान गरेका छन्।
आज शुक्रवार बिहान गएको पहिरोमा परी ३६ जना बेपत्ता र कैयन घरबारविहीन भएपछि पहिरोपीडितका लागि प्रारम्भिक राहत लिएर गृहमन्त्री थापा र सचिव महेश्वर न्यौपाने सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री थापा र गृह सचिव न्यौपाने गैर खाद्य राहत सामाग्रीसहित बोकेर त्यतातर्फ लागेका हुन् ।
गैर खाद्य सामाग्रीअन्तर्गत तत्काल चाहिने त्रिपाल, भाँडाकुँडा, लुगा कपडालगायत वस्तुहरू पर्दछन् । जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३८ जना बेपत्ता भएकोमा ५ जनाको शव भेटिएको जनाइएको छ ।