टिचिङ अस्पतालका डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
नेपालमा कोरोना भाइरसको प्रकोप निकै बढीरहेको अवस्थामा त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्रिवि अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासले शुक्रबार अस्पताल थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार १ जना चिकित्सक र बाँकी नर्सिङ स्टाफ रहेका छन्। यो सँगै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यर्कीको सङ्ख्या २२ पुगेको छ।