Logo
१९ पुस २०८१, शुक्रबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गयो, कुल संख्या ८८ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

गएराति ललितपूरमा २, सप्तरीमा १, सुनसरीमा १ र रुपन्देहीमा १ गरि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यही साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

त्यस्तै ललितपुरकै ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

पाठकका अनुसार ती महिलाको आज बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

उता सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नंबर ८ घर भई राजविराज बस्दै आएका ७५ वर्षिय बृद्धको गएराति मृत्यु भएको हो । चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रीपोर्ट पोजेटीभ आएको थियो ।

संक्रमण पुष्टी भएपछि शाहि कृष्ण अस्पतालको आईसोलेसनमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो संगै सप्तरी जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया ३ पुगेको छ । उता, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

यसैगरी बुटवलमा पनि गएराति एक संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानाको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुमा ४२ बर्षीय पुरुषको मृत्यु भएको हो ।

गत आइतवार अस्पताल भर्ना गरिएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । बुटवलमै गएराति मृत्यु भएका अर्का एक युवकको भने कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्