Logo
२१ कार्तिक २०८१, बुधबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली फेसबुकमा अन्तरंग तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या

बाग्मती प्रदेश स्थित काठमाण्डौको गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ।

कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर अन्तरंग तस्वीरहरु सार्वजनिक गर्न थालेपछि हत्या गरेको बताएकी छिन् । उ

नले फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको प्रहरीलाई बयान दिएकी हुन् । राजधानीको गोंगबूमा शनिबार हत्या गरीएका कृष्णबहादुर बोहराको हतया आफूले गरेको प्रहरी नियन्त्रणमा रहेकी कल्पना शाहीले स्वीकार गरेकी छिन् ।

अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाका अनुसार दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्या गरेको वयान महिलाले दिएको बताए ।

घटनास्थल गोंगबू गणेशस्थानस्थित कोठामै ल्याएर प्रहरीले लिएको बयानमा कल्पनाले हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् । उनले हत्या गरेको स्वीकारी वयान दिएको प्रहरीले जनाएको छ ।

ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

कल्पनाले कृष्णबहादुरलाई दहीचिउरा, रक्सी मासु खुवाएको र त्यसपछि हत्या गरेको स्वीकार गरेको एसएसपी ज्ञवालीले जानकारी दिएका छन्। दहीमा नसालु पदार्थका पाँचवटा ट्याब्लेट मिसाएर खुवाएपछि बेहोस भएका कृष्णबहादुरको अण्डकोशमा प्रहार गरेको कल्पनाले स्वीकार गरेकी छन्।

चितवनको कालिका नगरपालिका-७ स्थायी घर भएकी उनी गोंगबु क्षेत्रमा बस्दै आएकी थिइन्। विगत तीन–चार वर्षदेखि कृष्णबहादुरसँग आफ्नो चिनजान रहेको र विगत सात-आठ महिनादेखि कृष्णबहादुर गोंगबुको एक गेस्टहाउसमा बस्ने गरेको कल्पनाले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ।

३७ वर्षकी कल्पनाले कृष्णको अण्डकोशमा प्रहार गरेपछि सलले घाँटी कसेर मृत्यु पक्का गरेको बताएकी छन्। त्यसपछि भान्छामा रहेको हतियारले टाउको र खुट्टा काटी शरीर सुटकेसमा राखेर बाहिर फालेको उनले बताएकी छन्।

आफू एक्लैले मारेको भए पनि शव व्यवस्थापनमा छोरीको सहयोग लिएको उनले बताएकी छन् । हत्याको घटना शनिबार राति ८ देखि १० बजेको बिचमा भएको खुल्न आएको प्रहरीले जनाएको छ।

राति ११ बजेतिर ट्वाइलेटमा लगेर घाँटी काटेको र त्यसपछि घाँटी तथा खुट्टा झोलामा हालेर फालेको उनले जानकारी दिएकी छन् । शरीर सुटकेशमा राखेर राति १ बजे बाहिर लगेको र त्यसमा छोरीले साथ दिएको उनको भनाई छ । प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ।

कृष्णबहादुर शनिबार बेलुका पाँच बजे आफू बस्ने गेस्टहाउसबाट बाहिरिएको देखिने प्रहरीले जनाएको छ ।

चितवनबाट बिरामी लिएर आएको एम्बुलेन्सका चालकलाई आफूले चिनेको र सोही एम्बुलेन्समा आइतबार बेलुका चितवन गएको उनले बताएकी छन्।

कृष्णबहादुरले आफूमाथि यौन दुर्व्यवहार गर्ने तथा आफ्नो तस्बिर राखेर फेक फेसबुक आइडी बनाएर दुःख दिने गरेको उनले दाबी गरेकी छन्।

आफ्नी छोरीमाथि पनि आँखा लगाएकाले योजना नभए पनि हत्या गरेको कल्पनाले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ।

कल्पना विभिन्न टेलिचलचित्रमा अभिनय गर्ने कलाकार रहेको समेत खुलेको छ। गोंगबुमा भएको विभत्स हत्यामा संलग्न अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरी मंगलबार बिहान काठमाडौँ ल्याएको हो ।

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो। सुटकेशभन्दा करिब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।

मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो। प्रहरीले त्यसपछि हत्या गरिएको ठाउँ पत्ता लगाएको थियो।

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्