Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुइन विस्थापनमा प्रधानमन्त्री असफल, ज्यान गुमाउनेको संख्या झन् बढ्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेअनुसार तुइन हट्न नसक्दा सर्वसाधारणले तुइनबाट खसेर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

देशका विभिन्न स्थानमा अहिले पनि सर्वसाधारणले जोखिम मोलेर नै तुइनबाट वारपार गर्ने गरेका छन् । त्यति मात्रै होइन्, तुइनबाट जोखिमपूर्ण यात्रा गदौ वर्षेनी तुइनबाट औसत ३/४ जनाले ज्यान गुमाउनु परेको प्रहरीको तथ्यांक छ ।

प्रहरीका तथ्यांकअनुसार,नेपाल भारत सीमाको महाकाली नदीमा तुइन तर्दा २०७२ असारदेखि २०७५ असार मसान्तसम्म १५ जनाले ज्यान गुमाए भने दर्जन बढी बेपत्ता भएका छन् । वि.सं २०७२ सालमा ५ जना र २०७३ मा ४ जनाले तुइनबाट ज्यान गुमाए । त्यस्तै, २०७४ मा दुइजनाले ज्यान गुमाए भने २०७५ मा ४ जनाले ज्यान गुमाएका थिए ।

सरकारले पनि सार्वजनिक तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने कार्यक्रमअन्र्तगत देशभर १४८ तुइन हटाउनु पर्ने भएपनि हालसम्म १२८ विस्थापन भई झोेलुङ्गे पुल निर्माण भएका छन् ।

सस्पेन्सन बृज डिभिजनबाट १२ ओटा, स्थानीय तहबाट २ ओटा तुइन विस्थापित भइ त्ुइन बनेका छन् । अझैपनि २० ओटा तुइन विस्थापित हुन सकेको छैन् ।

२०७६ असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार स्थानीय तहबाट प्राप्त भएको तुइनको विवरण अनुसार, लागत अनुमान र डिजाइन गरी २०७६/०७७ मा निर्माणधीन ५ ओटा झोलुङ्गे पुल बनाउन समावेश गरिएको छ ।

नेपाल भारत सम्बन्धका कारणले महाकालीमा नदीमा ४ ओटा तुइन अझै विस्थापित हुन सकेका छैनन् । यता, पञ्चेश्वरमा भएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न हालसम्म भारतको सहमति प्राप्त हुन सकेको छैन् ।

नवलपरासीको बक्कुफाँट, बझाङको इकुलबारे, सुर्खेत, लमजुङ, दार्चुलाको उत्तरी क्षेत्र दुम्लिङ रिठान र मालघाट, वडा नं ४ को बर्तीबगर, मालघाट तल्लो र मालघाट माथिल्लो तथा वडा नं ५ को डोकट र नाजीमा अहिले पनि तुइन यथावतै छन् ।

झोलुङ्गे पुल भएपनि तुइन हटाउन सर्वसाधारण र जनप्रतिनिधिले हस्तक्षेप गर्ने कारणले पनि तुइनबाट हुने दुर्घटना भएको सरोकारवाला बताउँछन् । यसअघि यातायात पूर्वाधार निर्देशनालय हेटौडा, मकवानपुरले राप्ती नदि पारीको मैनाटारमा भएको तुइनको ठाउँमा झोलुङ्गे पुल बनायो ।

झोलुङ्गे पुल बनेपछि तुइन हटाउन प्रशासनले वडाअध्यक्ष सविन न्यौपानेलाई सिफारीस पत्र लेख्यो । तर, वडाअध्यक्ष लगायत त्यहाँका स्थानीयले तुइन हटाउन दिएनन् । फलस्वरुप, साउन ७ गते तुइनबाट खसेर ७७ वर्षीय कृष्णबहादुर पराजुलीले ज्यान गुमाए ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्