Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई भेट्न बालुवाटार हिडेका वामदेवलाई प्रचण्डले भैंसेपाटीमा रोके

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

उपाध्यक्ष गौतमलाई भेट्न मंगलबार बिहान प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका थिए।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको भैंसेपार्टी स्रोतले जनाएकाे छ।

‘उहाँहरुबीच ४० मिनेटजति कुराकानी भयो’, स्रोतले भन्यो।

स्रोतका अनुसार उपाध्यक्ष गौतम अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारका लागि निस्केका थिए। सोही समयमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमलाई आफू भेट्न आउन लागेकाे जानकारी दिएका थिए।

प्रचण्डको खबरपछि बालुवाटारका लागि निस्कीसकेका गौतम पुनः निवासमा फर्किएका थिए।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्