Logo
२१ कार्तिक २०८१, बुधबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी क्षेत्रमा नेपालीलाई निषेध गर्ने खोज्ने भारतीय अधिकारीले फेरे कुरा

लिम्पियाधुरा पूर्वको कालापानी क्षेत्रस्थित नेपाली भूमिमा नेपालीलाई नै प्रवेश रोक्न आग्रह गर्दै भारत धार्चुलाका अधिकारीले १४ जुलाईमा नेपाली अधिकारीलाई पत्र पठाएको थियो । उक्त पत्रको जवाफ नेपाली अधिकारीले भने १४ दिनपछि अर्थात साउन १३ गते पठाएका थिए ।

तर सो विषयका पत्र नलेखेको भन्दै भारतीय अधिकारीहरुले अहिले कुरा फेरेका छन् । भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । शुक्रबार एकाएक भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिष्ट्रेटलाई उधृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएपछि नेपाली अधिकारीले भारतले पत्र लेखेको प्रष्ट गरेका हुन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउनु भनी यसअघि पत्र पठाए पनि अहिले नेपालको जवाफपछि अप्ठेरोमा परेर कुरा फेर्न थालेको बताए । भारतीय पक्षले चिठी लेखेकै कारण दार्चुला जिल्लाले जवाफ पठाएको जानकारी दिँदै पोखरेलले नेपालले जवाफ पठाएपछि उनीहरु अफ्ठेरोमा परेको बताए ।

भारतले अतिक्रमण गरिराखेको नेपाली भूमिमा नेपालीलाई नै प्रवेशमा रोक लगाउने गरी पत्राचार गरेपछि दार्चुलाका सहायक सीडीओले धार्चुलाको इलाका प्रशासनलाई नावी, कुटी र गुन्जी नेपालकै भएकाले नेपाली नागरिकलाई अवरोध नगर्न पत्र पठाएको थियो ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्