लकडाउन खुकुलो बनाएसँगै सीमा क्षेत्रमा सास्ती भोग्दै यात्रु
सरकारले लकडाउन खुकुलो बनाएसँगै एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती भोग्नु परेकोे छ ।
पूर्वी जिल्लाहरुबाट मुख्य उपत्यका प्रवेश गर्ने नाका साँगामा यात्रुहरु सास्ती ब्यहोर्न बाध्य भएकोे गुनासो गरेका छन् ।
हाल काभ्रे जिल्लाका विभिन्न स्थानबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुलाई सर्वाजनिक सवारी साधनले साँगासम्म पुर्याउने गरेका छन् ।
साँगाबाट भक्तपुरको जगाती सम्म पाँच किलो मिटर हिड्नु पर्ने बाध्यता छ । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भक्तपुरको जगातीसम्म मात्र आउने गर्दछन् वृद्धवृद्धा, बालबालिका र अतिआवश्यक कामका लागि हिँडेका मानिसहरुको पैदल यात्रा निकै पिडादायी देखिन्छ ।
काभ्रेको साँगादेखि भक्तपुरको जगातीसम्म सार्वाजनिक ट्याक्सीको व्यवस्था भए पनि ट्याक्सीले यात्रुसँग महँगो भाडा असुल्ने गरेका छन् । ट्याक्सी चालकहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।