राजनीतिक ब्यक्ति नभई भारतीय कर्मचारीको नेतृत्व हुनु उतारचढावको मूल कारण : वीरेन्द्र केएम
पत्रकार वीरेन्द्र केएमले नेपाल-भारतको सम्बन्धमा बेला-बेलामा उतारचढावको मूल कारण राजनीतिक ब्यक्ति नभई भारतीय कर्मचारी नेपालको राजदूतको रूपमा आउनु नै भएको बताएका छन् ।
नागरिक टाइम्सका सम्पादक समेत रहेका पत्रकार केएमले समाजिक संजाल मार्फत ११ ओटा बुँदा प्रस्तूत गर्दे उनले त्यस्ते तर्क गरेका हुन् ।
पत्रकार केएको उक्त पोष्ट धेरैले कमेण्ट मार्फत सर्मथन गरेका छन् ।
उनको तर्क जस्ताको त्यस्तै :
केएमको ११ बुदा : लैनचौरले दिल्लीलाई भ्रममा राख्दा …!
भारतीय प्रधानमन्त्रीको निवास/कार्यालय समेत त्यहाँको विदेशमन्त्रालय, गृहमन्त्रालय, रक्षामन्त्रालय, BJP, RSS लगायत त्यहाँका प्रायः सबै ठूला मिडियाको सम्पादकीय, रिपोर्टिङङ्ग नेतृत्व तथा असाईन्मेण्ट डेस्कसम्ममा मेरो प्रत्यक्ष एक्सेस छ। र यो एक्सेस १/२दिने होइन पछिल्लो ७/८ वर्षदेखि निरन्तर छ ।
यद्यपि चप्लुसीकार, सुराकी, इनफरमरको रूपमा होईन, आफ्नो देशहितलाई पहिलो प्राथमिकतामा राखेर ड्यासिङ्गका साथ आफ्नो कुरा राख्ने पत्रकारको रूपमा/जानकारका रूपमा, नेपाल विज्ञको रूपमा ।
त्यहाँ प्रस्तूत हुँदा पहिला म नेपाली नागरिक हुन्छु, नेपालहित र नेपालीपन मेरो पहिलो प्राथमिकतामा रहेको हुन्छ।
एक दशक लामो भारतीय मिडियामा मेरो प्रोफेसनल संलग्नता रहदा र भारतीय शक्ति केन्द्रहरुसँग प्रत्यक्ष सम्पर्कमा बस्दा निम्न कुराहरु मज्जाले दावीका साथ भन्छु । किनकी पत्रकार हुँ, लेख्नु/बोल्नु मेरो अधिकार हो ।
त्यो हो :
१. लैनचौर स्थिति रहेको भारतीय दूतावासले दिल्लीलाई धेरै कुरामा भ्रममा राखेको छ।
२. लैनचौरका सुराकी, आसेपासे, इनफरमरहरुले लैनचौरलाई पनि भ्रममा राखेका छन् ।
३. कर्मचारीका रूपमा युपि-बिहारका धेरै आउनु र नेपालमा आएर यहाँको जातीय सम्बन्धको ग्रीपमा पर्नु ।
४. राजदूतको रूपमा आउने ब्यक्ति कर्मचारी हुनु अर्थात राजनीतिक ब्यक्ति नहुनु र अन्तिम कार्यकालले अवकाश पाउने चिन्तामा बढी हुनु।
५. निर्धारित ३ वर्षे कार्यकालको जिम्मेवारी लिएर आएका अन्य कर्मचारीहरु पहिलो वर्ष सिक्नमै बिताउनु, दोस्रो वर्ष सिमित गृहकार्य गर्नु र तेस्रो वर्ष फिर्ता जाने चिन्तामा हुनु ।
६. वस्तविक कुरा गर्ने भन्दापनी चाप्लुसी गर्ने, जातीय सम्बन्ध भएका, साथै दुईदेशको हित भन्दापनी निजिहित गर्न रुचाउनेहरुको संजालमा पुरै लैनचौर हुनु ।
७. नेपालबारेको कुनैपनि सरोकार मात्र त्यहाँको विदेश मन्त्रालयको एउटा डेस्कबाहेक अरु कसैलाई नहुनु ।
८. त्यहाँको राजनीतिदल, प्रधानमन्त्री, विदेशमन्त्री आदिलाई नेपालको कुनै मतलब/चिन्ता/फिकिर आदि नहुनु ।
९. रअ समेत अन्य इन्फरमर संस्थाहरु नेपालको इन्फर्मेसन भन्दापनी चिनियाँ, पाकिस्तानी गतिविधिमा बढी ध्यान दिनु ।
१०. नेपालका अधिकांस नेतामा, नेतृत्वकर्तामा भारतीय त्रास बढी हुनु, ड्यासिङ्गका साथ आफ्ना कुरा राख्न नसक्नु, भारतीय अदृश्य शक्तीसँग बढी डराउनु, नेपाल हित भन्दापनी भारतीय हितलाई बढी ख्याल गर्नु ।
११. र त्यहाँका अधिकांश कर्मचारीतन्त्रमा इन्फर्मेसन निकै कम भएपनी ओभरकम्पिडेण्ट बढी हुनु, रुवाफ बढी हुनु, अहमता बढी हुनु ।
#नेपाल_भारत_सम्बन्ध