Logo
९ मंसिर २०८१, आईतबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो दिन नै नेप्से निराशाजनक, झण्डै १८ अंकले बजार घट्यो – तालिकासहित

काठमाडौं, २३ माघ । साताको पहिलो कारोवार दिन नै नेप्से निराशाजनक देखिएको छ । आज नेप्से १७ दसमलव ९५ अंकले घटेर १३ सय ६४ दसमलव ५० अंंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि चार दसमलव तीन अंंकले घटेर दुुई सय ९६ दसमलव ३२ अंकमा कायम रहेको छ ।

कुुल एक सय २२ कम्पनीहरुको तीन हजार दुुई सय ८२ वटा कारोवारमा छ लाख ३३ हजार सात सय ७८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २६ करोड १४ लाख ३९ हजार तीन सय ५७ रुपैयाँ पुुगेको छ । आज सात वटा समुहको कारोवार भएकोमा होटल बाहेक सबै समुहको कारोवार घटेको छ ।

उच्च अंकले घटेको बीमा समुहको सुचक एक सय २६ दसमलव ५५ अंकले घटेर पाँच हजार नौ सय ३२ अंकमा कायम रहेकोमा चार करोड १३ लाख १३ हजार दुुई सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक २० दसमलव ७२ अंकले घटेर १३ सय १२ दसमलव ५१ अंकमा कायम रहेकोमा १२ करोड ७१ लाख ६२ हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैक समुहको सुचक पनि आज चार दसमलव दुुई अंंकले घटेर १४ सय ४६ दसमलव ३९ अंकम कायम रहेकोमा पाँच करोड ९३ लाख तीन हजार सात सय रुपैयााँको कारोवार भएको छ ।

आज जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि घटेको छ । होटल समुहको सुचक भने आज सात दसमलव ८९ अंकले बढेर १७ सय ७६ दसमलव २४ अंकमा कायम रहेकोमा एक लाख ६३ हजार तीन सय ३० रुपैयाँको कारोवार भएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा आईएलएफसिओ माईक्रो फाईनान्स परेको छ भने गुुमाउने कम्पनीको सुचीमा सिर्जना फाईनान्स बित्तीय संस्था परेको छ । रकम कारोवारका आधारमा भने आज डिप्रोक्स लघुबित्त बिकास बैंक परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य  बढेको मुल्य
आईएलएफसिओ माईक्रो फाईनान्स    ६५० ९.९८
नविल ईक्विटी फन्ड     १०.८४  ८.४०
३  फष्र्ट माईक्रो फाईनान्स     ८७६  ८.१५
डिप्रोक्स बिकास बैंक    २१८०  ७.९२
५  नेरुडे लघुबित्त बिकास बैैंक    १३७५  ६.५९

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम   कारोवार भएको मुल्य   घटेको मुल्य
सिर्जना फाईनान्स बित्तीय संस्था     ४०० ९.०९
कावेली बिकास बैंक     ५०५   ८.१८
शुर्या लाईफ इन्स्योरेन्स कम्पनी     ५७०  ७.६१
कालिमा माईक्रो क्रेडिट डेभलपमेन्ट बैक   १४९१  ६.८७
लक्ष्मी लघुबित्त बित्तीय संस्था     ९८०  ६.५७

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको रकम अन्तिम मुल्य
डिप्रोक्स लघुबित्त बिकास बैंक    ३२९९११०८ २१८०
प्रभुु बैंक      १५८८६४२४ ३०६
३  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी  १५५८८६७६  २३३५
नेपाल ईन्भेष्टमेन्ट बैंक     १३७३३३१५ ६७६
नेपाल बंगलादेश बैंक   ९२४१५८०   ६६०

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्