काठमाडौंमा साढे १४ किलो नक्कली सुन बरामद
काठमाडौंको कमलादीबाट सुन भनेर बरामद गरिएको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्र सुन भएको खुलेको छ ।
सुन भनेर बरामद गरेको उक्त पहेंलो धातु साढे १४ किलो नक्कली सुन रहेको प्रहरीले जनाएको छ । १५ किलोमध्ये ५ सय ग्राम सुन र साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको पाइएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले भने, “सुन भनेर ठग्नका लागि चाँदीमा जलप लगाएको हुनसक्छ । व्यक्ति कोही पक्राउ परेका छैनन् । पक्राउ परेपछि थप रहस्य खुल्नेछ ।”