Logo
२१ कार्तिक २०८१, बुधबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको स्थायी कमिटि बैठक बालुवाटारमा आज बस्दै

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक बिवादको कारण पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटि बैठक आज (मंगलबार) बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ।पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार भने सूचारु हुने बताइएको छ ।

पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने जनाएको छ। तर नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन्।

छलफलमा दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

दाहाल नेपालमा खेमामै रहेका भनिएका वामदेव गौतम र रामबहादु थापा बादल सहभागी नभएको दाहालको सचिवालयले जनाएको छ।

दाहाल नेपाल पक्षले बहुमतका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी थालेको स्रोतको दाबी छ।

स्थायी समिति बैठक अनिश्चित भइरहेका बेला विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीसमेत हुन थालेको छ।

दाहाल नेपाल पक्षीय एक चौथाई केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउनका लागि हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्