Logo
५ आश्विन २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा अनलाइनमार्फत ठगीधन्दा ! नियन्त्रणमा प्रहरीको सक्रियाता बढ्दै

राजधानीमा अनालाइनमार्फत ठगी धन्दा मच्चाउनेहरु पछिल्लो समय बढिरहेका बेला प्रहरीले सक्रियता बढाएको छ ।

यसैक्रममा अनलाइनमार्फत सामान उपलब्ध गराउँदै आएको एक कुरियरले माग गरिएको सामान पैसा लिएर पनि उपलब्ध नगराएपछि त्यसमा कार्यरत डेलिभरी ब्वाईलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले सबिज कुरियर सर्भिसमा डेलिभरी ब्वाईका रुपमा कार्यरत धनुषाका २४ वर्षीय धीरज शाहलाई पक्राउ गरेको छ। शाहको इसेवा अकाउन्टमा पिडितले पैसा पठाएको महाशाखाले जनाएको छ ।

सबिजविरुद्ध चार जनाले उजुरी दिएका छन् । बेबी कार, साडी कुर्था, सिको घडी, वन प्लस ७ प्रो मोबाइल, एडिडास कम्पनीका कपडाहरु पैसा दिएर मगाएपनि नदिएपछि पिडितले उजुरी गरेका थिए ।

हालसम्म २ लाख ७९ हजार ९ सय १० रुपैयाँको ठगी भएको उजुरी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो समय राजधानीमा यस्ता घटना बढेकाले प्रहरीले आफ्नो सक्रियतालाई बढाएको छ ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्