Logo
२१ कार्तिक २०८१, बुधबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीपरिषद्को बैठक आज बस्दै, राखेपको सदस्यसचिव नियुक्त गर्ने

मन्त्रीपरिषद्को बैठक आज सोमबार बस्दै छ ।

आज बस्ने मनित्रपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने साथै दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने छ।

राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् । सरकारले रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगर मध्ये एक जनालाई सदस्यसचिवमा नियुक्त गर्ने छ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले केही दिनअघि दरखास्त परेका २५ जना मध्ये सिलवाल, श्रेष्ठ र मगरलाई राखेपको सदस्यसचिवका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिस समितिले अनिवार्य रुपमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

नेपाल खेलकुद विकास ऐन लागु भइसकेपछि ऐनमा रहेको व्यवस्था बमोजिम नियुक्ती प्रक्रिया अगाडि बढेको हो ।

तीनजना मध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन् । प्रधानमन्त्री केपी ओली निकट उनी फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ ।

गृहमन्त्रालयको सिफारिस अनुसार डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुने छ । दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन् ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्