Logo
२१ कार्तिक २०८१, बुधबार
(July 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञासँगै सुनसान वीरगञ्ज, सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मी मात्रै

वीरगञ्ज : अनिश्चितकालका लागि निषधाज्ञा लगाइएको पहिलो दिन वीरगञ्ज बजार क्षेत्र सुनसान छ । शनिबारदेखि कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषधाज्ञा वीरगञ्जमा जरुरी कामले हिँडेका सर्वसाधरण बाहेक सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मी मात्रै देखिएका छन् ।

बाहिर जिल्लाबाट वीरगञ्ज आएकालाई फर्काइएको छ । पछिल्लो एकसातामा वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने भने पर्सामा भेटिएका ७० संक्रमितमध्ये अधिकांश वीरगञ्जकै छन् ।

संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार महानगरमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

 

प्रकाशित मिति: Jul 25, 2020

प्रतिक्रिया दिनुहोस्