Logo
२१ कार्तिक २०८१, बुधबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको सहयोगमा मौवाखोला पुल मर्मत, साना सवारी साधन चल्न थाले

चितवन : पृथ्वीराजमार्गको मौवाखोलामा ग्याविन जाली भरेर साना सवारी साधन सञ्चालन गर्न थालिएको छ ।
बाढीले पुल भत्काउँदा अवरुद्ध बनाएपछि बाटो खुलाउन ग्याविन जाली तथा माटो भरेर आजदेखि मोटरसाइकल तथा साना सवारीका साधन सञ्चालन गर्न थालिएको हो ।

राजधानी काठमाण्डौं जोड्ने मुख्य लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालन गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, ६० जना मजदुर निरन्तर रुपमा खटिएका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरले शुक्रबार दिउँसो १ बजेबाट साना सवारी साधन मौवा खोलामा अस्थायी रुपमा बनाइएको ग्याविन माथिबाट पास हुन थालेको जनाएको छ । डिभिजन कार्यालयका इन्जिनियर शिव खनालले शुक्रबार साँझसम्म थप पानी नपरे ठूला सवारी साधानसमेत वारपार गराउन सकिने गरी तयारी भइरहेको बताए ।

इन्जिनियर खनालका अनुसार अहिले मुग्लिन नारायणगढ सडकखण्ड, मुग्लिन मौवाखोला सडक र मौवाखोला नौविसे सडकखण्डमा कुनै अवरोध छैन । कुनै ठाँउमा एकतर्फी सडक खुले पनि मुलतः अवरोध नभएको खनालले बताए ।

गत साउन ४ गते आएको बाढीले चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलाको पुलको एक छेउ भत्काउँदा पाँच दिन पृथ्वीराजमार्ग अवरुद्ध बनेको थियो । पृथ्वी राजमार्ग बन्द हुँदा खाध्यान्न, तरकारी, अत्यावश्यक ग्यास, पेट्रोलियम पदार्थ बोकेका ठूला सवारी साधानसमेत काठमाण्डौं जान रोकिएका छन् ।

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्