Logo
२१ कार्तिक २०८१, बुधबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विस सरकारद्वारा थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग

काठमाडौं : कोरोना संक्रमण परीक्षण गर्न स्विटजरल्याण्ड सरकारले नेपाललाई थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेको छ ।

जसमध्ये २० हजार थान किट शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले हस्तान्तरण गरेकी छन् । बाँकी २० हजार थान अगस्ट महिनामा नेपाल आइपुग्ने स्विस दूतावासले जनाएको छ ।

नेपालस्थित स्विस दूतावासका अनुसार स्वीस सरकार विकास सहयोग (एसडीसी) मार्फत स्विस सरकारले नेपाललाई ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

 

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्