Logo
५ आश्विन २०८१, शनिबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठोरीमा राम जन्मभूमि उत्खनन् गर्न संसदीय समितिको निर्देशन

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालकै ठोरी भनेर दिएको अभिव्यक्तिबारेमा छलफल भएको छ।

समितिका सदस्यहरुले प्रधानमन्त्रीको भनाइ हल्का रुपमा नलिई उत्खनन् गर्नुपर्ने धारणा राखेका छन । सांसद दिव्यमणि राजभण्डारीले ठोरीमा अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने बताए।

समितिले ठोरीसहित देशका पुरातात्विक महत्वका सम्पदा, प्राचिन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ।

पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्ड अनुसार कमअघि बढाउन पनि निर्देशन दिएको छ।

यस्तै संघ प्रदेश र स्थानीय तहको समन्वयमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्दै समयअनुकुल ढंगले विकास गर्न पनि समितिले निर्देशन दिएको छ।

यस्तै, देशभरिका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न समेत सरकारलाई समितिले निर्देशन दिएको छ।

बिहीबार बसेको समितिको बैठकले पशुपतिनाथ, चाँगुनारायण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरिका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकिन गर्न सरकारलाई निर्देशन दिएको हो।

धार्मिकस्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडि बढाउन पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयलाई निर्देशन दिएको छ।

समिति सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिइएको बताए।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्