Logo
२१ कार्तिक २०८१, बुधबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारागारबाट प्रेमिकाको गाडीमा फर्किए पूर्वडिआइजी कोइराला

काठमाडौं : सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर आज जेलमुक्त भएका छन् ।

८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेका कोइरालालाई डिल्लीबजार कारागार प्रशासनले आज जेलमुक्त गरेको हो । उनी आफ्नै श्रीमती हत्यामा जेल परेको थिए ।

उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार पुगेकी थिइन् । कोइराला सबैलाई हात हल्लाउँदैं आफ्नी प्रेमिकाको गाडीमा चढेका थिए ।

सर्वोच्च अदालतले १५ असारमा उनको सजाय घटाउने फैसला गरेको हो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो । तर, अब उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी आज जेलमुक्त भएका छन् ।

यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्