Logo
२१ कार्तिक २०८१, बुधबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको परिपत्र : भदौ १ गतेबाट मुद्दाको हदम्यादको समय लागू हुने

कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको हदम्यादको समय भदौ १ गतेबाट नै सुरु हुने भएको छ ।

बन्दाबन्दी खुले पनि सेवाग्राही आवतजावतका लागि लामो दूरीका सवारीसाधन सञ्चालन नभएसम्मको अवधि अदालत खुलेको नमानिने सर्वोच्चको यसअघिकै निर्णय छ ।

सोअनुसार अदालतले दुई चरणमा म्याद हदम्याद कायम गर्ने गरी अदालतको नियमित कारबाही पुनः सञ्चालन गर्न लागेको हो ।

अदालतले उपत्यकाका हकमा हाल बन्दाबन्दी अन्त्यको समयलाई नै आधार मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने छ ।

सर्वोच्चले मातहतका अदालतमा समेत सोहीअनुसार व्यवस्थापनका लागि परिपत्रको तयारी गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्