Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिभिजन प्रस्तोता रवी लामिछाने फेरी विवादमा : उपप्रमुखले मुद्दा हाल्ने

न्यूज–२४ टेलिभिजनका प्रस्तोता रवी लामिछाने फेरी विवादमा तानिएका छन् ।

कार्यक्रममा भ्रमक खबर प्रशारण गरेको आरोपमा झापाको विर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतारा प्रसाईंले सिधा कुरा जनतासंग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जान आफू बाध्य भएको बताएकी हुन ।

विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रमुख प्रसाईंले सिधा कुरा जनतासँगले आफूमाथि भ्रमपूर्ण सामाग्री प्रशारण गरेकाले न्यायिक निकायमा जाने निर्णयमा आफू पुगेको बताइन ।

दुई बर्ष अघि बिर्तामोडमा भएको एउटा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका मणि नेपालीको श्रीमतीलाई जोडेर आफूमाथि गम्भीर आरोप लगाएको भन्दै उपप्रमुख प्रसाईले अब कानुनी बाटो रोज्ने बताइन ।

उनले मणि नेपालीको श्रीमतीलाई चोरीको आरोप लगाएर घरमा कामबाट निकालेको सिधा कुरा जनतासँगको कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनले टिभी कार्यक्रममा देखाएको जस्तो कामबाट ननिकालेको उनले बताइन ।

उनको घरबाट औंठी हराएपछि पछि नेपालीको श्रीमतीले नै आफूलाई घरमा ल्याएर औंठी दिएको र अहिलेसम्म सम्पर्कमा समेत नआएको जानकारी उनले दिइन्।

प्रसाईंले भनिन, ‘मैले चोरीको आरोप पनि लगाएको छैन, कामबाट निकालेको पनि होइन। तर, मलाई रवि लामिछानेको समूहले गलत आक्षेप लगायो, म त्यसका विरुद्ध अदालत जान्छु ।‘

काम गरेको पैसा नदिएको भनेर आफ्नो बद्नाम गर्न खोजेको भन्दै उपप्रमुख प्रसाईंले पत्रकार सम्मेलनका क्रममा भनिन, ‘घटनाका बारेमा पटक–पटक सत्यतथ्य बताउने भन्दा पनि अहिलेसम्म सो समूह सम्पर्कमा आएको छैन ।’

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्