Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्धारा ६ सचिवको सरुवा, २ सचिव पदस्थापन

मन्त्रिपरिषद्को बैठकले ६ सचिवको सरुवा र पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ सचिवहरुको सरुवा गरेको छ भने हालै सचिवमा बढुवा २ जनाको पदस्थापन गरेको छ ।

जसअनुसार,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तानिएको छ । दीपक सुवेदीले अवकाश पाए पछि सञ्चार मन्त्रालय सचिवविहन अवस्थामा थियो ।

यस्तै दुई महिना अघि विनोद केसीले अवकाश पाएपछि रिक्त रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको रुपमा वाग्मती प्रदेशमा प्रमुख सचिवका तोयम रायलाई तानिएको छ ।

यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव केदार न्यौपानेलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा तानेर त्यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा कार्यरत प्रमुख सचिव टेकनारायण पाण्डेलाई ल्याइएको छ ।

मन्त्रिपरिषद्को बैठकले हालैमात्र सचिवमा बढुवा भएका विष्णुप्रसाद नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा खटाएको छ भने डा मानबहादुर विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मती प्रदेशको मुख्य सचिवको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्