Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९४ हजारमा कारोबार

बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ पुगेको हो।

आज एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ। मंगलबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि आकाशिएको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी १ हजार ४० रुपैयाँमा प्रतितोला कारोबार भएको थियो।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्