Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीलाई बलियो बनाउन एकताबद्ध हुनु अपरिहार्य : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि गर्दै ओलीले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य छ।’

अ‍ोलीले पुष्पलालको सांगठनिक राजनीतिक चाहना थियो धेरै हदसम्म पूरा गरेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘विभाजित कम्युनिस्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ। पार्टीले करिब दुई तिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेर यसअघि गर्न नसकेका र नगरिएका तमाम काम गर्न लागिएको पनि बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘पुँजी र प्रविधिलाई हाम्रा प्रयासमा मिसाऔं, उत्पादन बढाऔं, निर्यात बढाऔं, आयात घटाऔँ। यस बाटोबाट हामी समृद्धि हासिल गर्नेछौं।’

प्रधानमन्त्रीले पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्