Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ प्रतिशत ब्याजमा राष्ट्र बैंकले दिने पुर्नकर्जा कसरी लिने ? हेर्नुहोस्, कार्यविधी

नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई तीन भागमा विभाजन गरेको छ। कोभिड १९– बाट प्रभावित उद्योगको पहुँच पुनर्कर्जामा पुगोस् भनेर केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले मंगलबार ‘पुनर्कर्जा कार्यविधि २०७७’ जारी गरेको छ।

कोभिड–१९ बाट सबैभन्दा बढी लघु घरेलु तथा साना उद्योग प्रभावित छन्। ती उद्योगलाई राहत दिन राष्ट्र बैंकले लघु घरेलु तथा साना उद्यम, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी तीन तहमा विभाजन गरेको छ।

कार्यविधिअनुसार उद्यमी आफैंले सञ्चालन गरेका उद्यम, व्यापार तथा व्यवसायमा प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिनेछ। यसको सीमा १५ लाख रुपैयाँसम्म र ब्याजदर बढीमा ५ प्रतिशत हुनेछ।

विशेष पुनर्कर्जाअन्तर्गत बैंकले विशेष प्राथमिकता दिने गरी प्रदान गरिने कर्जा पर्दछ। यसअन्तर्गत सञ्चालनमा रहेका निर्यात, महिला उद्यमी, फरक क्षमताका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जा पर्दछ। यस्तो कर्जाको ब्याज भने ३ प्रतिशत छ।

लघु, घरेलु तथा साना उद्योग र विशेष प्रकृतिका उद्योगलाई दिइने बाहेक सबै प्रकृतिका उद्योगका लागि दिइने कर्जा साधारण पुनर्कर्जा हो। यो कर्जा बढीमा २० करोडसम्म पाइन्छ भने यसको ब्याज पाँच प्रतिशतसम्म छ।

राष्ट्र बैंकले कोभिड १८ ले प्रभावित गरेका ऋणीलाई दिइने पुनर्कर्जा दुई वर्षका लागि दिएको छ। यस्तै एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ।

राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड हुनेछ। ग्राहकको मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोडसम्म हुने कार्यविधिमा उल्लेख छ।
पुनर्कर्जाका लागि लघुवित्त संस्था र वाणिज्य बैंकसमा निवेदन दिन सकिनेछ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्