Logo
१६ कार्तिक २०८१, शुक्रबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले कोरोनाविरुद्ध खोपको जानकारी चोरीका लागि ह्याकर खटाएको अमेरिकाको आरोप

अमेरिकाको न्याया विभागले कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथि निशाना बनाउन चीनले ह्याकरहरु नियुक्त गरेको आरोप लगाएको छ ।

उनीहरुले चीनको सरकारी एजेन्टबाट सहयोग प्राप्त गरेको आरोप छ । अमेरिकाले हालै चीनको एक साइबर जासुसी कार्यक्रमबारे थाहा भएको बताएको थियो ।

कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको अभियोगमा न्याय विभागका अधिकारीले दुई चिनियाँमाथि अभियोग दर्ता गरेका छन् ।

अमेरिकाले लि सिओयु र दोङ्ग जिझी नाम गरेका इलेक्ट्रिकल इन्जिनियरिङ्गका पूर्व विद्यार्थीमाथि साइबर अपराधमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरेको हो ।

गएको हप्ता बेलायत, अमेरिक र क्यानडाले रुसले कोरोना भाइरसविरुद्धको खोप सम्बन्धी जानकारी चोरीको प्रयास गरेको अभियोग लगाएका थिए ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्