‘रामलक्ष्मण’को चित्र सहित राष्ट्र बैंकले एक हजारकाे नयाँ नाेट छाप्ने
नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको १ हजार रुपैयाँको नयाँ नोट निष्कासन गर्ने भएको छ।
केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साविकको हात्तीको तस्बिरभन्दा नयाँ हात्तीको तस्बिर राख्न लागिएको हो।
बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’
यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ।