Logo
५ आश्विन २०८१, शनिबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोरबिजोर समेत १२० दिने लकडाउन हट्यो, भदौ १ गतेबाट सबै गाडी चल्ने

नेपाल सरकारले कोरोना भाइरसको महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको थियो ।

मंगलवार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मध्यरातदेखि लागू हुने गरी लकडाउन अन्त्य भएको बताए ।

तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।

यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्