Logo
१६ कार्तिक २०८१, शुक्रबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् चम्सुरको साग खानुका अनेकौँ फाइदाहरु !

हामीले दैनिक प्रयोग गर्ने साग मध्ये चम्सुरको साग पनि एक हो । यो साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ ।

निकै स्वादिलो हुने चम्सुरको खाँदा हाम्रो शरिरलाई फाइदा पुग्दछ ।यो सागलाई निकै शुद्ध साग पनि भनिन्छ ।

शुद्ध र हल्का मानिने चम्सुर व्रत बसेको बेलामा निकै उपयुक्त मानिन्छ । आज हामी हजुरहरुसामु चमसुरसाग खादाँ हुने फाइदा बारेमा चर्चा गर्ने छ ।
चमसुरको साग सेवनबाट चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या हुनेलाई फाइदा गर्छ ।

बास्नादार चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ । चम्सुरको दाना खिरमा हाली पकाएर खाँदा शक्ति बढाउँछ । यसले खाना पचाउन मद्दत गर्छ । गर्भाशयलाई उत्तेजना दिन्छ र रगत बढाउँछ ।

प्रचुर मात्रामा भिटामिन पाइने सागको सेवनले शरीरका विजातीय (काम नलाग्ने) पदार्थहरू हटाउँछ । त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

चम्सुरको सागका फाइदाहरु-

-यसमा प्रशस्त भिटामिन पाइने हुनाले गर्भवती महिलाको लागि पनि फाइदाजनक हुन्छ ।

-चम्सुरको सेबनले चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या भएकालाई फाइदाजनक छ ।

-यसको सेबन गर्नाले रगत बढाउन पनि सहयोग गर्छ ।

-यदी शरिरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर आएमा यसको रस बनाएर लगाउदा राम्रो हुन्छ ।

-यसमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइने हुनाले आँखाको ज्योति बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ ।

-चम्सुर खानाले खाना पचाउन सहयोग गर्छ । यसको सुप खानाले मुटुलाई धेरै फाइदा गर्छ ।(पत्रपत्रिका)

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्