Logo
५ आश्विन २०८१, शनिबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणी नदीमा पानीको बहाव उच्च, सतर्कता अपनाउन मौसम विभागको अपिल

नारायणी नदीमा सोमवार बेलुकासम्म नै बाढीको खतरा रहने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।

विभाग अन्तर्गतको नेपाल बाढी सूचना ट्वीटर हाण्डलमार्फत चितवन तथा नवलपरासीका तटीय क्षेत्रमा सचेत रहन अपिल गरिएको हो ।

‘नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउनुहोला,’ ट्वीटमा भनिएको छ ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्