Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कोरोना सङ्क्रमणको दर निकै कम भएको राष्ट्रपति ट्रम्पको दाबी

विश्वमा अमेरिका सबैभन्दा धरै कोराना संक्रमित भएको देशमध्ये पहिलो स्थानमा रहेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा कोरोना सङ्क्रमणको दर निकै कम भएको दाबी गरेका छन् ।

फक्स न्युजसँग दिएको एउटा अन्तवार्तामा ट्रम्पले आफ्नो देशमा सबैभन्दा कम मृत्युदर रहेको बताएका हुन ।

अमेरिकाले कोरोना परीक्षण धेरै गरेका कारण कोरोना सङ्क्रमणको दर बढी देखिएको ट्रम्पको भनाइ छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा ६ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।

जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको देखाएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४० हजारभन्दा बढी छ ।

तर राष्ट्रपति ट्रम्पले कोरोनाका कारण अमेरिकामा भएको मृत्युदरको तथ्यांक सही नभएको दाबी गरेका छन् ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्