पार्टीभित्रको विवाद कायमै, ओली-प्रचण्डबीच बालुवाटारमा छलफल
पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ।
प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका थिए। बैठकमा दुई अध्यक्षको चोचोमोचो नमान्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए।
यद्यपी प्रचण्डले वरिष्ठ नेता नेपाल र उनीनिकटका स्थायी समिति सदस्यलाई आइतबार बिहान प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको ब्रिफिङ गरेका थिए।