Logo
५ आश्विन २०८१, शनिबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवादका लागि धेरै पटक कोशिस गरियो तर भारतले चाहेन् : पराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताएका छन् । सिमाना विवाद समाधानको विषयमा आफूहरुले असल छिमेकीका नाताले दुई–दुई पटक कूटनैतिक पहल र आग्रह गरे पनि भारतले नटेरेको आरोप उनले लगाए ।

गुल्मीमा सञ्चालन हुन लागेको कोभिड अस्पतालको लागि पीसीआर मेसिन तम्घासमा शनिबार हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन, बरु सडक बिस्तार भयो ।’

राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभुतपूर्व एकता गरी नयाँ नक्सा जारी गरेको बताउँदै उनले अब पनि सबै दल र जनताको सहयोगमा कुटनीतिक पहलमार्फत् नक्सामा कायम भएको भूभाग फर्काउन प्रयत्न गर्ने बताए ।

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताए । उनले नेकपा घरको धुरी खाँबो भएकाले भत्किए खाँबो मात्रै नभाँचिने बताए ।

मन्त्री ज्ञवालीले कोरोनाको महामारी र छिमेकको समस्या समाधानको पहलको सट्टा आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिए । ‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो,’ उनले भने, ‘आग्रह र उत्तेजनामा आएर, एकताको जगमा प्रहार गरेर भत्काउन पाइँदैन ।

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्