Logo
५ आश्विन २०८१, शनिबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवीकरण शुल्कमा सञ्चारमाध्यमलाई पूरै छुट दिने सरकारको निर्णय

सरकारले सञ्चार माध्यमहरुका लागि नवीकरण शुल्क छुट दिने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका हुन्।

राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको डा खतिवडाले बताए।

कोभिड-१९ को महामारीका कारण सञ्चारमाध्यमलाई सहुलियत स्वरुप यस्तो छुट दिइएको उनले जानकारी दिए।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्