अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनु भयो तर आधार र प्रमाण दिन सक्नुभएन : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कूटनीतिक सम्बन्ध बिग्रदैं गएको बताएका छन् ।
बिहीबार बिराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस नेता कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति भएर पनि विना आधारको कुरा गरेको भन्दै सो कुरा बताएका हुन् । उक्त कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री ओलीले केही दिन पहिले बोलेका अयोध्याको विषयमा पनि कुरा उठाएका थिए ।
नेता कोइरालाले भने ‘‘अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनु भयो तर यो कुराको आधार र प्रमाण दिन सक्नुभएन ’’ । उनले प्रभानमन्त्री ओलीलाई इंगित गर्दै जिम्मेवार व्यक्तिले बोल्दा बिचार गर्नुपर्ने, आधारहीन र तथ्यहिन कुरा गर्न नहुंने समेत बताए ।
कोइरालाले पून: भने प्रधानमन्त्रीले जति सक्यो कम बोल्ने हो जे मन लाग्छ बोल्दै हिड्ने होइन’ । ओलीको पछिल्लो अभिव्यक्तिले भारत र नेपाली जनताबीचको आपसी सम्बन्ध बिगार्ने काम गरेको समेत बताए ।