Logo
५ आश्विन २०८१, शनिबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटभन्दा आधा यात्रु राखेर काठमाडौँमा गुड्न थाले साझाका २६ वटा बस

साझा यातायातले २६ वटा बसमार्फत काठमाडौँका अधिकांश रुटमा सेवा सुरु गरेको छ ।

बिहीबार पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन सुरु गरिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षामा सर्तक हुने गरी बस सञ्चालन गर्न गरिएको उनले बताए । पाण्डेका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ ।

बिहीबारबाट सञ्चालनमा आएको साझा यातायातको बसमा यात्रुु। तस्बिर: रोशन सापकोटा/रासस
पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गरिएको साझाले जनाएको छ। पहिले थोरै बसबाट सुरु गरिएको भए पनि आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए । सरकारले तोकेअनुसार नै भाडा लिइने साझाले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मत लगायतका तयारीका काम गरिरहेको थियो ।

यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै बिहीबारदेखि गाडी चल्न थालेको हो ।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्