Logo
५ आश्विन २०८१, शनिबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली चौतर्फी घेराबन्दीमा, बहुमत सचिवालय सदस्यसँग प्रचण्डको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीबाट घेरावन्दीमा पर्दै गएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपालबीच हुने भेटवार्ता अघि प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यको बैठक बोलाएका छन्।

प्रचण्ड निवास खुमलटारमा बहुमत सचिवालय सदस्यहरुको बैठक बिहान ९ बजेदेखि सुरु भएर साढे ११ बजे सकिएको एक सचिवालय सदस्यले बताए।

बैठकमा अध्यक्ष प्रचण्ड सहित, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए।

अध्यक्ष ओली र प्रचण्डले ६ दिनसम्म ‘वान टू वान’ संवाद गरेपछि बिहीबार भने माधव नेपाल पनि थपिने तय भएको थियो। बालुवाटार बैठकको रणनीति बनाउन बहुमत सचिवालय सदस्य खुमलटार बसेका हुन्।

बिहीबारको बालुवाटार बैठकबाट पार्टीभित्रको विवाद समाधान हुनेगरी कुनै निर्णय हुन सक्ने आकलन गरिएको छ। यसअघि पार्टीभित्रको विवाद साम्य भएको भन्ने गरे पनि अझैसम्म कुनै सहमति नभएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताए।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्