Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरीमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ८० लाखभन्दा धरै पुग्यो

विश्वमा अहिले कोरोना माहामारी फैलिएको अवस्थामा अहिलेसम्म विश्वभरीमा कोरोनामुक्त हुनेको संख्या ८० लाख भन्दा धरै पुगेको छ ।

विश्वका विभिन्न देशमा अहिलेसम्म एक करोड ३६ लाख ९१ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएकोमा ८० लाख ३७ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डोमिटरले जनाएको छ ।

अहिले उपचार गराइरहेका ५० लाख ६७ हजारभन्दा धेरैमध्ये एक प्रतिशत अर्थात साढे ५९ हजार जनाको अवस्था जटिल रहे पनि बाँकी ५० लाख भन्दा धेरैको अवस्था सामान्य छ । कोरोना सङ्क्रमणका कारण ५ लाख ८६ हजार जनाको भने ज्यान गएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ३६ लाख १६ हजार ७ सय ४७ जनामा सङ्क्रमण पुष्टि हुँदा १ लाख ४० हजार भन्दा ज्यान गएको छ ।

यस्तै ब्राजिलमा राष्ट्रपति जाएय बोलसोनारोसहित १९ लाख ७० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा साढे ७५ हजारको ज्यान गएको छ । राष्ट्रपति बोलसोनासोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि उनी आइसोलेशनमा नै छन् ।

यसैबीच भारतमा एकैदिन ३० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा हिजो मात्रै साढे ३२ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् ।

तर भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने २९ हजार ४ सय २९ जनामा कोरोना भएको पुष्टि गरेको छ ।हिजो एकैदिन ५ सय ८२ जनाको ज्यान गएको छ ।

भारतमा मात्रै अहिलेसम्म ९ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र साढे २४ हजारभन्दा धेरैको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वभर कोरोना सङ्क्रमित धेरै हुने देशको सूचीमा भारत तेस्रो स्थानमा छ ।

यस्तै भारतको बिहारमा आजदेखि १५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ । सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि भारतको विभिन्न राज्यमा फेरि लकडाउन घोषणा गरिएको हो ।

 

 

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्