Logo
५ आश्विन २०८१, शनिबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

सर्वोच्च अदालतमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोरविरुद्ध मुद्दा दायर भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा मेयर साह र जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ। कानुनविपरित भएको नगरसभा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आफूहरूले बुधबार रिट दायर गरेको वडा नम्बरका वडाध्यक्ष साहले जानकारी दिए।

बहुमत वडाध्यक्ष र सदस्यहरू विरोधमा रहेकोबेला मेयर साहले अवैधानिक तरिकाले लुकिछिपी नगरसभा गरेको उनीहरूको दाबी छ।

‘बहुमत वडाध्यक्ष तथा वडा सदस्यहरू विरोध गर्दै धरनामा बसेका थियौं, नगरसभा गर्न मेयर साहसँगको वार्तामा सहमति हुन नसकेपछि हामी राति १० बजे बाहिरिएका थियौं,’ वडाध्यक्ष साह भन्छन्,‘वार्तामा सहमति नभएपछि सबैजना गइसकेपछि नगरसभा कसरी भयो?’

मेयरले फर्जी हस्ताक्षर गर्न लगाएर नगरसभा सम्पन्न भएको दाबी गरिरहेको असन्तुष्ट वडाध्यक्षहरूको भनाइ छ। आफूहरूले उपमहानगरपालिकाको हरहिसाब पारदर्शी गर्न र कानुनी राज्यको पालना गराउन पटकपटक आग्रह गर्दा समेत मेयरले नटरेको उनको भनाइ छ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्