Logo
५ आश्विन २०८१, शनिबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको कांग्रेसको निष्कर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दै सरकार र सत्तारूढ नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेका हुन्।

‘प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गर्दछु,’ प्रवक्ता शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनीतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ।’

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्