Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र प्रचण्डबीच ३ घण्टा छलफल, तर निकर्ष विहिन

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ ।

साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा अध्यक्षद्वय बीच करिब ३ घण्टा लामो छलफल भएको हो ।

अध्यक्षद्धयबीच छलफल सकारात्मक भए पनि कसरी सहमति गर्ने भन्ने टुंगो नलागेको बालुवाटार स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीचको छलफलमा केही समय महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्