Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ : नेता सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताएका छन् । चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताएका हुन् ।

पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४ औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गरे । “फागुन ७ देखि शुरु हुने पार्टीको १४ औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,” उनले भने ।

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाए । कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको उनको भनाइ छ ।

नेता सिँहले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्