Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङ हुँदै नेपाल प्रवेश गरेको सलह प्युठानबाट रोल्पातर्फ उड्यो

आइतबार पून: नेपाल भित्रिएको सलह दाङ हुँदै प्युठानबाट रोल्पातर्फ उडेको छ ।

दाङ हुँदै नेपाल प्रवेश गरेको सलह प्युठान पुगेको र सोमबार दिउँसो त्यहाँबाट उडेर रोल्पातर्फ लागेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको सूचना केन्द्र प्रमुख रामकृष्ण सुवेदीले बताए

हाल बर्षात भइरहेका कारण नेपाल भित्रिएको सलहले खासै नोक्सानी गर्न नसकेको केन्द्रको दाबी छ । प्युठानबाट सलह उत्तर पश्चिमतर्फ उडेपछि रोल्पा लगायतका जिल्लामा सर्तकता अपनाउन र सलहको अवस्था जानकारी दिन अलर्ट गरेका र हालसम्म सलह बसेकोबारे कुनै सूचना प्राप्त नभएको उनले बताए ।

प्युठान आउँदा केही छरिएको सलहको ठूलो झुण्ड रोल्पातर्फ गएको हो । त्यस्तै नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्रमा करीब ५-७ हजारको संख्यामा सलह देखिएको छ । जंगलमा बसेका सलह धानखेतमा आउने जाने गरेको सुवेदीले बताए ।

असार १३ देखि १६ सम्म नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय हुन थालेको हो ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्