Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काम गर्न दक्षिण कोरिया जान पाउनुपर्ने माग राख्दै राजधानीमा प्रदर्शन

काम गर्न दक्षिण कोरिया जान पाउनुपर्ने माग राख्दै युवाहरुले प्रदर्शन गरेका छन । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राख्दै उनीहरु आन्दाेलनमा उत्रेका हुन्।

सरकारले उनीहरुको माग सुनुवाई नगरेको भन्दै उनीहरु मंगलबार पुनः आन्दोलनमा उत्रिएका हुन्। यसअघि असार २४ गते पनि उनीहरुले कोरिया जान पाउनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेका थिए।

उनीहरुले सरकारले आफूहरुलाई देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने होइन भने कोरियाको बाटो खुल्ला गर्नुपर्ने माग गरेका छन्। कोरियाली सरकारसँग समन्वय गरेर तत्काल रोजगारी खुला नगरे करिब ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्था रहेको बताइएको छ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्