Logo
१६ कार्तिक २०८१, शुक्रबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयद्वारा अवैधरुपमा कोरोना परिक्षण गरेका निजी अस्पतालको छानबिन गर्न समति गठन

निजि अस्पताले विना स्वीकृति कोरोना परिक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरसको परीक्षण गरेको विषयमा छानबिन गर्ने भएको छ।

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।

मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।

मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड-१९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

उक्त समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्।

स्वास्थ्य मन्त्रालयले उपत्याको वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो। सरकारले अनुमति दिएका यी अस्पतालले ५ हजार ५०० मात्र शुल्क लिन पाउनेछन् ।

आइतबारमात्रै सानेपास्थित स्टार अस्पता र सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजले आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए।

 

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्