Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सामग्री खरिद प्रकरण : मन्त्रीका सल्लाहकारलाई अघि सारिनु नै अनुचित भएको ठहर

लेखा समितिको बैठक
ओम्नीसँगकाे मेडिकल सामग्री खरिद प्रक्रियामा संलग्न भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीलाई वार्ता समितिमा संयोजकको भूमिकामा बस्ने अधिकार कसले कहाँबाट दिएको भनेर संसदको सार्वजनिक लेखा समितिले प्रश्न गरेको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति भरत शाहले भने, ‘विज्ञ सल्लाहकारको हैसियतले खरिद प्रक्रियामा निर्णायक नेतृत्व कार्कीले गरेको देखिन्छ। अनाधिकृत रुपमा वार्ता समितिको संयोजक भई किन मूल्य निर्धारण गर्ने काम गरेका हो? किन अख्तियार दुरुपयोग गरिएको हो? खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो?’

मेडिकल सामग्री खरिदमा आर्थिक प्रस्ताव पेस गर्ने दुईवटै कम्पनीको रकममा खासै मूल्य फरक नपरेको अवस्थामा आधिकारिक प्रमाणसमेत नभएको सादा पेपरमा आएको आर्थिक प्रस्तावलाई समेत कसरी स्वीकार गरेको लेखा समितिले प्रश्न गरेको छ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्