ओलीले राखेको धारणा इतिहासकै नयाँ कुरा भएकाले कुनै टिप्पणी गर्न नसक्दैनौं : डा. लोहनी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा राखेको धारणा इतिहासको नयाँ कुरा भएकाले यसमा आफुले कुनै टिप्पणी गर्न नसक्ने बताएका छन् ।
डा. लोहनीले नेपाल र भारतबिचको धार्मिक र ऐतिहासिक सम्बन्ध विभिन्न प्रमाणहरुका आधारमा बनेकाले प्रधानमन्त्रीले के तथ्य र प्रमाणका आधारमा बताउँनु भएको हो यसलमा इतिहासविद् र पुरातत्वविद्हरु यसमा बोल्नुपर्ने बताए ।
लोहनीले अहिलेको सरकार र त्यसमा पनि प्रधानमन्त्रीको परराष्ट्रनीति भारतलाई गाली गर्ने मात्र भएको बताए । प्रधानमन्त्री जस्तो व्यक्ति यो हदका गालीगलौजमा उत्रदा राम्रो नहुने र प्रमाणका आधारमा मात्रै कुरा गर्नुपर्ने डा लोहनीको भनाई छ ।
एक रेडियो अन्तरवर्तामा बोल्दै उनले पार्टीको आन्तरिक कलहबाट जोगिनका लागि ओलीले भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिहरु दिइरहेको र त्यही रणनीति अन्तर्गत नै अयोध्याको विषयमा बोलेको हुनसक्ने उनले बताए ।
उनले भने,‘यो इतिहासको नयाँ कुरा भयो । उहाँले प्रमाण नदेखाइकन कुनै पनि टिप्पणी गर्नु उपयुक्त हुदैँन । यस विषयमा पुरात्वविद्हरुले भन्नुपर्छ ।’
अहिलेको डुवान समस्या भारतको हेपाहा प्रबृत्तिले नै भएको भन्दै उनले बरु डुवानका विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा गर्नु पर्नेमा जोड दिए ।
उनले भने, “डुवानका बारेमा प्रधानमन्त्रीले भारतसँग कुरा नगर्ने तर, नानाथरिका आरोप मात्रै लगाउने गरेकाले नेपालको परराष्ट्रनीति धरमरमा परेको छ ।”
लोहनीलेसीमा अतिक्रमण र बाँधका कुरा अन्तर्राष्ट्रिय कानून विपरित भएपनि यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसकेको टिप्पणीसमेत गरे ।