Logo
५ आश्विन २०८१, शनिबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनपछि कर्जाको माग शून्य, तरलता थुप्रिएपछि आफूखुसी व्याजदर निर्धारण गर्ने सहमति

बैंकमा तरलता थुप्रिएपछि बैंकहरुले आफूखुसी व्याजदर निर्धारण गर्ने सहमति गरेका छन्। वाणिज्य बैंकहरुले पछिल्लो समय निक्षेप बढिरहने तर नयाँ कर्जाको माग नआएपछि आफूखुसी व्याजदर घटाउने भद्र सहमति गरेका हुन्।

बैंकमा निक्षेपमात्रै बढेपछि व्याजदरको विषय बैंक आफैंले निर्धाण गर्न सक्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। तर, व्याजदरको विषयमा बैंकर्स संघले कुनै पनि भद्र सहमति नगरेको संघका पदाधिकारी तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले जानकारी दिए।

लकडाउनपछि कर्जाको माग शून्य छ। बैशाख यता नयाँ कर्जाको माग नै नभएको शेरचनले जानकारी दिए। कर्जाको माग नहुने तर निक्षेप भने एकोहोरो थुप्रिदै गएपछि व्याजदर घट्नु स्वभाविक भएको उनको तर्क छ। तर, केहि समय कर्जाको माग भएन भनेर व्याजदरको विषयमा तत्काल भद्र सहमति गरिहाल्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिए।

उनले भने, ‘यदि अवस्था सामान्य हुँदै गएमा कर्जाको माग बढ्नेछ र पुनः तरलताको समस्या देखिनेछ। त्यतिबेला अहिलेको सहमति आवस्यक पर्नेछ।’ नयाँ कर्जाको माग नआएपछि बैंकहरु व्याजदर बढाएर निक्षेप तानातान गर्ने पक्षमा छैनन्। निक्षेप खोसा खोस नहुने अवस्थामा कुनै पनि सहमतिको आश्यक नभएको बैंकरहरुको राय छ।

चैतदेखि असार तेस्रो सातासम्ममा कर्जा विस्तार ऋणात्मक छ। लक डाउनका कारण सम्पूर्ण उद्योग व्यवसाय ठप्प छ। यसले नयाँ कर्जाको माग नआएको हो। तर असारको चौथो सातामा मात्रै ३३ अर्ब रुपैयाँले कर्जा बढेको छ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्