Logo
५ आश्विन २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुध चियाले मानव स्वास्थ्यमा कस्तो असर पार्छ ?

हामीले दैनिक जसो अनेक थरी कुरा खाइरहेका हुन्छौ । ति मध्ये कतिपय हाम्रो शरिरको लागि फाइदा जनक हुन्छन त कतिपय त्यसको ठिक बिपरित पनि हुन्छन् ।

आज हामी दुध चियाले हाम्रो शरिरमा कस्तो खालको असर पुर्याउछ त्यसको बारेमा कुरा गर्छौ । दुध चियाले हाम्रो शरिरमा यस्ता समस्या निम्त्याउन सक्छ :

१. पेट फुल्ने
चियामा धेरै मात्रामा क्याफिन हुन्छ । दूध र क्याफिनको एकसाथ सेवनले पेटमा ग्यास बनाउँछ । खासगरी खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउदा पेट फुल्ने समस्या हुन्छ ।

२. पोषक तत्वको कमी
चियामा रहेको दुधले शरीरमा पोषक तत्वको अवशोषणमा बाधा पु¥याउँछ । जसले शरीरमा आइरन, जिन्क आदी पोषक तत्वको कमी हुन्छ ।

३. निद्रा नलाग्ने र तनाव बढ्ने
चियाको अधिक सेवन शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यको लागि पनि हानीकारक हुन्छ । क्याफिनको कारण निन्द्रा आउँदैन जुन तनाव बढ्ने मुख्य कारण हुन्छ । यसैले धेरै चिया पिउनाले एन्जाइटी तनाव बेचैनी र निन्द्राको कमी जस्ता समस्याहरु पैदा हुन्छ ।

४. चियाको लत लाग्ने
चियामा क्याफिन हुन्छ जो लतको कारण हुन्छ । दैनिक २–३ कप चिया पिउनुहुन्छ भने तपाई चियाको एडिक्ट हुन सक्नुहुन्छ । यस्तोमा चियाको तलतल लाग्छ र चिया पिउन नपाएमा काम गर्न उर्जाको कमी र तनाव महसुस हुन्छ ।

५. डिहाइड्रेसन
चियाको कारण डिहाइड्रेसनको समस्या पैदा हुन्छ । चियामा हुने क्याफिनले शरीरबाट पानीको मात्रालाई अवशोषित गर्छ र तपाईलाई डिहाइड्रेशनको शिकार बनाइदिन्छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्